Thank you letter from from NRNA UK to Nepali Welfare Society UK
श्रीमान धन बहादुर सार्की ज्यु
अध्यक्ष
Nepali Welfare Society UK
गैर आवासीय नेपाली संघ बेलायतले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न संचालन गर्दै आइरहेको ‘कोभिड १९’ अभियानमा तपाईको संस्थाको तर्फबाट पुर्याउनु भएको सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ । एउटा साझा नेपाली संगठनको रुपमा केन्द्रिकृत तहबाट समुदायलाई सहयोग गर्ने कार्यमा हजुरको संस्थाको समेत सहकार्य र आर्थिक सहयोगको लागि हामीले गरेको अपिल लाई स्वीकार गरेर सहभागी भईदिनु भएकोमा हामीलाई खुसी लागेको छ । एनआरएन यू.के.लाई यहाँहरुले गर्नु भएको विश्वासले हामीलाई थप उत्तरदायी बनाएको महसुस गरेका छौ । ।
कोरोना भाइरसको संक्रमणको कारण उत्पन्न बिशम परिस्थितीमा बेलायतको नेपाली समुदायलाई लक्षीत गरेर एनआरएन यू.के. ले संचालन गरेको अभियान मार्फत प्रत्यक्ष परोक्ष रुपमा आवश्यकतामा रहेका धेरै नेपालीहरु लाभावान्वित हुनु भएको हाम्रो तथ्यांकले दर्शाएको छ । यहांहरुले उपलब्ध गराउनु भएको सहयोग पारदर्शी र न्यायोचित ढंगले वितरण गरिने कुराको प्रतिवद्दता समेत व्यक्त गर्न चाहन्छौ ।
सहयोगको समग्र समाजलाई सुसुचित गर्दै सुचना सचेतना र परामर्शको साथसाथै अति अप्ठ्यारोमा परेका विद्यार्थी लगायतलाई खाध्यान्न सामग्री समेत वितरण गर्दै आइरहेका छौं । यसका अलावा विशेषत ‘कोभिड १९’ कारण मृतकहरुका परिवार तथा हाम्रो समुदायका बयोवृद्द नागरिकहरु लाई सुरक्षा सामग्री वितरण तथा अन्य भौतिक सहयोग पनि उपलब्ध गराउदै आएका छौ । हाम्रा अन्य गतिविधीहरुको बारेमा बिभिन्न मेडिया मार्फत सुचना दिदै आइरहेको कुरामा हजुरहरु जानकार नै हुनुहुन्छ ।
हामीले यो अभियानलाई अझै प्रभावकारी रुपमा कसरी संचालन गर्न सक्छौं भन्ने सवालमा तपाईहरुको सल्लाह सुझावको एनआरएन यू.के. सधै अपेक्षा र कदर गर्दछ । एनआरएन यू.के. तपाईहरु जस्ता बेलायतमा कृयाशिल सकृय संघसंस्थाहरु संग सदैव सहकार्य गर्दै अगाडी बढने प्रतिवद्दता समेत व्यक्त गर्दछ ।
धन्यवाद !
Poonam Gurung
President
Non Resident Nepali Association UK (NRNA UK)
Email: poonamgurung0512@gmail.com, info.nccuk@nrna.org
Phone: +44 7727 135376
Website: www.nrnauk.org